News

Nov 15, 2008

संसद बैठकले बजेट पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको आगामी वर्षको बजेट अर्थात आर्थिक विधेयक २०६५ संसद बैठकले बहुमतका आधारमा पारित गरेको छ । बिधायिका संसदको बैठकले आर्थिक वियेधक २०६५ पारित गरेको छ । संसदको कार्तिक २९ गते बसेको बैठकले अर्थमन्त्री डा. बाबुराम भट्टराईले पेश गरेको आर्थिक वियधेक अर्थात आगामी वर्षको बजेटलाई बहुमतले पारित गरेको हो । ध्वनी मतको आधारमा पारित बिधेयकको पक्षमा सरकारमा रहेका दलहरु रहे भने प्रतिपक्षी नेपाली कांग्रेसले मौन रह्यो । बिधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्नुअघि अर्थमन्त्री भट्टराईले सरकारले लक्ष्य अनुसार कर संकलन गरेको दावी गरे । अर्थमन्त्रीले दुई महिनाको अनुभव सकारात्मक भएको उल्लेख गरे । संसदको अर्को वैठक मंशीर १ गते बस्नेछ ।

No comments: