News

Nov 15, 2008

संघीयता उपयुक्त छैन - डेनमार्कका राजदूत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालले संघीयतामा आधारित राज्य संरचनासहितको नयाँ संविधान बनाउन शुरू गर्नै लागेका बेला डेनमार्कका राजदूत फिन थिल्स्टेडले नेपालमा संघीयता अव्यावहारिक हुने बताउनुभएको छ। रिपोर्र्टर्स क्लबको साक्षात्कारमा शुक्रबार बोल्दै उहाँले संघीयतामा जानुअघि नेपालका राजनीतिक दलहरूले गम्भीरतापूवक अध्ययन गर्न जरुरी रहेको बताउनुभयो। नेपालको संघीयताका बारेमा देशभित्र पनि कोही प्रस्ट नभएको र प्रत्येक गाविससम्म पनि जातीय विविधता रहेको भन्दै राजदूत थिल्स्टेडले नेपालको सर्न्दर्भमा संघीयताको नकारात्मक असर पनि पर्न सक्ने बताउनुभयो। उहाँले आफनो मुलुक संघीयतामा नगए पनि विकास सहज ढंगले भएको पनि जानकारी दिनुभयो।

No comments: