लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३जनवरी,२०१०, ब्राह्मणहरुले पनि आफ्नो अस्थित्व संकटमा परेको भन्दै आफ्नो हक अधिकार सुनिश्चितताका लागि संर्घषमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले ब्राह्मणहरुलाई पनि आदिवासी जनजातिमा सूचीकृत गर्न जोडदार माग गरेका छन् । प्राप्त समाचार अनुसार राष्ट्रिय ब्राह्मण समाज नेपालको तनहुँको दमौलीमा आयोजित भेलामा बोल्दै समाजका पदाधिकारीहरुले ब्राह्मणहरुले उठाएका माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । समाजका अध्यक्ष नारायणप्रसाद अधिकारीले ब्राह्मणहरुलाई पनि आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्नेमा जोड दिए । उनले ब्राह्मणहरु आदिवासी भएको पर्याप्त आधार भएको दावी समेत गरे । समाजका केन्द्रीय उपाध्यक्ष माधव पहारीले ब्राह्मणहरुको अस्थित्व नै संकटमा परेकाले अब एकजूद्ध भएर आन्दोलनमा उत्रिनुबाहेक अर्को विकल्प नभएको बताए । ब्राह्मणहरुलाई राज्यले पाखा लगाउने काम गरेकोमा उनको आपत्ति थियो ।

No comments:
Post a Comment