लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३जनवरी,२०१०, एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकमा चौंथो चरणका आन्दोलनको खाकाबारे छलफल भईरहेको छ । शनिबारदेखि पार्टी मुख्यालय, पेरिसडाँडा, कोटेश्वरमा शुरु भएको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लगायतका बिषयमा छलफल भईरहेको माओवादीस्रोतले जनाएको छ । नागरिक सर्वोच्चताको माग गर्दै चौंथो चरणको आन्दोलन घोषणा गरेको माओवादीले आन्दोलनको खाका भने केन्द्रीय समितिको बैठकबाट नै तय गर्ने बताएको छ । बैठकमा दलहरुबीच सहमति नभए पार्टी कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल हुने स्रोतले जनाएको छ । बैठकले पार्टीको भावी रणनीति तय गर्ने माओवादी नेताहरुले बताएका छन् । माओवादीले भारतले सीमा मिचेको स्थानमा प्रमुख नेताहरुको उपस्थितिमा सभा तथा जनपरिचालन गर्ने कुरा उठेको छ ।

No comments:
Post a Comment