News

Jan 8, 2010

अयोग्य ठह‌रिएका पूर्व लडाकुहरुलाई उनीहरुका घर पठाउने प्रकृया शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालस्थित संयुक्त राष्ट्र संघीय नियोग अनमिनको प्रमाणीकरणबाट अयोग्य ठह‌रिएका पूर्व लडाकुहरुलाई उनीहरुका घर पठाउने प्रकृया शुरु गरिएको छ।सिन्धुली जिल्लाको दुधौली गाउँ विकास समितिमा रहेको माओवादी दोश्रो डिभिजन अन्तर्गत अस्था‌ई शिव‌िरमा बस्दै आएका अयोग्य ठहर भएका ३७१ मध्ये २०४ जना बिहीबार घर फर्केका थिए। अनमिनले अयोग्य ठहरिएका लडाकुलाई आआफ्नो घर फर्कन ल्याएको बसमा चढ्न उनीहरु हतारिएका थिए।अपरान्ह करीब तीन बजे उनीहरुलाई विदाइ गरिएको थियो। तर अयोग्य ठहराइएका सेनाहरु सन्तुष्ट थिएनन्।उनीहरुमध्ये कतिपयले सरकारले रोजगारी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्र रोज्न दिएको अवसरलाइ अस्वीकार गरेका थिए।सर्लाही जिल्ला घर बताउने पिताम्बर दाहालले सरकारी सुविधा नलिने बताए।कैयौंले अयोग्यताको मापदण्डप्रति नै प्रश्न उठाएका थिए। तर बिदाइको क्रममा माओवादीको तर्फबाट उपलब्ध गराइएको १२ हजार र अनमिनले दिएको दश हजार उनीहरुले भर्पाइ गरेर बुझेका थिए। सो अवसरमा बोल्दै माओवादी सैन्यका कमाण्डर नन्दकिसोर पुन पसांगले शान्ति प्रकृयालाइ तार्किक निष्कर्षमा पु-याउन सहयोग गर्न सबैलाई आग्रह गरेका थिए। विदाइ समारोहमा सरकारको प्रतिनिधित्व गरेका शान्ति मन्त्रालयका सचिव पूण्यप्रसाद न्यौपानेले शान्ति प्रकृया बमोजिम अनमिनको रेखदेख रहनेगरी अयोग्य लडाकुहरुलाई विदाइ गरिएको बताए। देशको विभिन्न स्थानमा रहेको ६ वटा डिभीजनबाट ३० दिन भित्र सबै अयोग्य लडाकुहरुलाइ बिदाइ गरिने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल स्थित आवासीय प्रतिनिधि रोबर्ट पाइपरले बताए । तर उनले अयोग्य लडाकुहरुलाइ समाजमा स्थापित हुन चुनौती र जोखिम दुबै भएको बताए । अयोग्य प्रमाणित भइ बाहिरिएका पूर्व लडाकुहरुको गतिविधि गाउँ फर्केर कस्तो हुने हो त्यो भने हेर्न बाँकी छ।

No comments: