लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०७ जनवरी, २०१०, पार्टीका वरिष्ठ नेताहरुलाई समेत जानकारी नदिई बुधवार मध्यराती अचानक हङकङ प्रस्थान गरेका माओवादी अध्यक्ष प्रचण्ड एकाएक हङकङ भित्रै हराएका छन् ।नेपाली जनसरोकार समाज हङकङद्धारा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन गरेपछि आफ्ना सहयोगीहरुलाई समेत छाडेर अध्यक्ष प्रचण्ड अचानक अज्ञात स्थलतर्फ हानीएको जनपुकारका प्रतिनिधले जनाएका छन् । एक स्रोतका अनुसार अध्यक्ष प्रचण्ड चीनिँया नेताहरुसँगको गोप्य भेटवार्ताको लागि अज्ञात स्थलतर्फ लागेका हुन् । दाहाल पार्टीको एक विशेष कार्यक्रमलाई समेत छोडेर अज्ञात स्थलतर्फ गएपछि कार्यक्रम नै रद्द गरीएको छ । अचानक हङकङ हानिएका प्रचण्डको भ्रमणलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरीएको अवस्थामा प्रचण्ड अज्ञात स्थलतर्फ हानिनुलाई झन शंका गरिएको छ । दाहाल विदेश विभाग प्रमुख कृष्णबहादुर महराका साथ बिहीबार बिहान ड्रागन एयरको उडानबाट ६ बजरे ४० मिनेटमा पुगेका थिए । दाहाललाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट यहाँस्थित महाबाणिज्यदूतावासको गाडीले चिम सा चोयस्थित होटल होलिडे इनमा छाडेको थियो । सभालाई सम्बोधन गर्दै दाहालले इतिहास र जनयुद्धकालका पुराने कुरामा भाषण टुंग्याए । 'हङकङलाई माओवादी पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत पुर्वी एसियाको केन्द्र बनाउन चाहेको अध्यक्ष प्रचण्डले बताए । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत माओवादीको अराजक व्यवहार नसुधारे उ आफैँ समाप्त हुने चेतावनी दिनुभएको छ। चितवनको सौराहास्थित साप्ताहिक पाक्षिक पत्रिका सञ्जालको केन्द्रीय भेला उदघाटन गर्न आज बिहिबार मध्यान्ह चितवन पुग्नु भएका प्रधानमन्त्री नेपालले भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादीको व्यवहारमा कुनै सुधार नआएको बताउनुभयो । उहाँले माओवादीको व्यवहारमा सुधार नआएकै कारण मुलुकमा संकट गहिरिएको दावी समेत गर्नुभयो । उहाँले राजनीतिक गतिरोध अन्त्यका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण हुन लागेको बताउँदै त्यसमा सामेल नेता र दलले पालना गर्नुपर्ने आचारसंहिता आवश्यक रहेको बताउनुभयो । उहाँले माओवादी सेना समायोजन हुनुपर्ने जोड दिंदै भन्नुभयो- जुनसुकै हालतमा पनि माओवादी सेना समायोजन गरी शिविरहरु खाली गरिनेछ ।

No comments:
Post a Comment