News

Jan 10, 2010

एक दिनमै बोली फेरे माओवादीका अध्यक्ष प्रचण्डले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० जनवरी,२०१० धनगढी - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई सुरक्षा खतरा भएको कुरा कहीँ कतै नभनेको बताउदै हिजोको भनाइको बचाउ गरेका छन् ।आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले वीरेन्द्र र मदन भण्डारीले राष्ट्रियताको कुरा उठाउँदा हत्या गरिए जस्तै आफूलाई पनि त्यसो गर्न सक्ने संभावना रहेको मात्र बताएको दावी गरेका छन्। उनले राष्ट्रिय स्वाधिनता र आत्म निर्णयको अधिकारको लडाईमा रहने क्रन्तिकारीका लागि सुरक्षाको खतरा भइरहने पनि बताएउच्चस्तरीय राजनीतिक संयन्त्रको विरोध गर्नेहरुले विदेशीको भाषा बोलेको आरोप लगाउँदै संयन्त्रमा मधेसी दलहरुलाई पनि सहभागी गराउने उनले बताए। दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्रमा सबै दललाई समेट्न भने नसकिने बताए।उनले सयन्त्र गठनको तीन वटा उद्देश्य रहेको बताउदै शान्ति प्रकृया, समयमै संबिधान निर्माण र राजनीतिक गतिरोध अन्त्य गर्ने यसको मुख्य उदेश्य रहेको बताए । उनले भारतबाट सुरक्षा खतरा भएको आफुले नबोलेको समेत बताए। राजधानीमा आयोजित राष्टिय स्वाधीनता र नागरिक सर्वोच्चता विषक अन्तर्क्रिया कार्यक्रममा उनले वीरेन्द्र र मदन भण्डारीको हत्याले जस्तैलडाईं रोकिने सोचेका छन् भने यो भएको बताएका थिए। आफूले पनि राष्ट्रिय स्वाधीनताको लडाईं शंखघोष गरेकाले त्यस्तै चुनौती आएको उनले दाबी गरेका थिए। भण्डारीको हत्यापछि तत्कालीन कार्यवाहक महासचिव माधव नेपालसँको भेटमा आफूले राष्ट्रियताको पक्षमा अडिग रहेकैले उनी मारिएको बताएको दाहालले उल्लेख गरेका थिए।

No comments: