News

Jan 10, 2010

'मिस टिन २०६६'को उपाधि सृष्टि न्यौपानेलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २६ 'मिस टिन २०६६'को उपाधि सृष्टि न्यौपानेले जितेकी छिन्। क्याम्पियन स्कुलमा कक्षा १२ मा अध्ययनरत सृष्टि ट्राभल एजेन्सीसित आवद्ध छिन्। विजयी भएलगत्तै उनले भनिन्, 'प्लस टुपछि विदेशिने सोच थियो तर अब नेपालमै सामाजिक कार्यमा लाग्छु।' उपाधिसँगै उनले ३१ हजार नगद पाइन्। उनी मिस फोटोजेनिक समेत भइन्। दिव्यप्रभा झा र अदिति खरेल क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअप भए। फस्ट रनरअप दिव्यप्रभा झा मिस ट्यालेन्ट पनि भइन्।मिस पपुल्यारिटी प्रियंका श्रेष्ठ, मिस ग्यालरस् नावाङ मोत्तान, मिस कल्चर भावना गुरूङ, मिस क्याटवाक सुप्रभा चन्द र उत्कृष्ट हेयर अमि्रया खनाल भए। चौबीस दिन चलेको प्रशिक्षणमा १३ देखि १९ वर्षका ३० प्रतिस्प्रर्धीको सहभागिता थियो। काठमाडौं, पोखरा, धरान र नेपालगन्जबाट प्रतिस्प्रर्धी छनोट गरिएको थियो। अन्तिम प्रतियोगिताको निर्णायकमा कृषिमन्त्री मृगेन्द्र सिंह यादव, सुगारिका केसी, भरत शाक्य, गणेश ठाकुर, भाष्करराज राजकर्णिकार, कमल तिमिल्सिना, सुवास ढकाल र एसके सिंह थिए। मुभी हाउसले प्रतियोगिता आयोजना गरेको हो।

No comments: