लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३जनवरी,२०१०, सत्तारुढ दल तराई मधेस लोकतान्त्रिक पार्टी सरकारमा सहभागिताको बिषयमा तीब्र मतभेद देखिएको छ । अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सरकारबाट बाहिरिनुपर्नेमा जोड दिएका छन् भने केही सदस्यहरुले सरकारमा बस्नुपर्ने बताएका छन् । तमलोपाको जारी केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीले विगतमा उठाएका मुद्दाहरु ओझेलमा परेको भन्दै सरकारबाट बाहिरिएर अर्को मधेश आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना समेत गरेका छन् । काठमाडौंमा जारी तमलोपाको केन्द्रीय समितिको बैठक आज सम्पन्न हुने भएको छ । बैठकमा पार्टीका महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भईरहेको उक्त पार्टीले जनाएको छ ।

No comments:
Post a Comment