लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दमौली, पुस २९- तनहुँको दक्षिणी भेग माझकोट गाविसका एउटै गाउँबाट आठ किशोरी हराएका छन्। यसरी किशोरी हराउन थालेपछि गाउँमा रुवाबासी चलेको छ। माझकोट गाविस वडा नं. ९ मिछुर्लुङ गाउँका ती किशोरी सोमबारदेखि परिवारको सम्पर्कमा नरहेका अभिभावकले बताएका छन्। माझकोट गाविस वडा नं. ९ मिछुर्लुङ्गका खगेन्द्र aरालीका दुई छोरी १४ वर्षीया सपना बराली र १२ वर्षीया सनु बरालीसहित सोही गाउँका १२ वर्षीया उजेली विक, १५ वर्षीया मनिषा विक, १५ वर्षीया सविना रानामगर, १६ वर्षीया जुना नेपाली, १५ वर्षीया सुशीला विक र १७ वर्षीया सुकु नेपाली हराएका हुन्। अभिभावकले छोरीहरुको खोजी कार्यमा सहयोग गरिदिन सञ्चारकर्मीसँग अनुरोध गरेका छन्। सोमबार बिहान विद्यालय जान भनेर विद्यालय पोसाक लगाएर गए तर साँझ दुवै छोरी घर फर्केनन्- सपनाकी आमा सन्तु बरालीले रुँदै भनिन्।सपना बरालीबाहेक अरु पढ्न जाँदैनन्। सपनासँग भएको मोबाइल पनि स्वीच अफ भन्छ- सन्तुले भनिन्। पीडित अभिभावकले बुधबार बल्ल भिमाद प्रहरी चौकीमा उनीहरू हराएको जानकारी दिएका छन्। सो गाउँ सदरमुकाम दमौलीबाट करिब ४० किलोमिटर दक्षिणमा पर्छ।
No comments:
Post a Comment