News

Jan 3, 2010

रोकियो उपरथी तोरणको बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ जनवरी, २०१०,निकै विवादका बाबजुद पनि बढुवा भएका उपरथी तोरणजंगबहादुर सिंहको बढुवा रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।प्रधानन्यायाधीश अनुपराज शर्माको एकल इजलाशले आज अपरान्ह उक्त आदेश जारी गरेको हो । निर्णयमा भनिएको छ पक्ष र विपक्षबीचको मुद्दा किनारा नलागेसम्म सिंहको बढुवा रोक्न आदेश दिइन्छ । मानवअधिकार उल्लंघनमा आरोपित सिंहलाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै पुस १२ गते माओवादी केन्द्रीय सदस्य कृष्ण केसी, अखिल क्रान्तिकारी महासचिव हिमाल शर्मा र विना मगरले संयुक्तरुपमा रिट दायर गरेका थिए ।उनीहरुले सिंहलाई नागरिक वेपता पार्ने काममा सिह संलग्न भएकाले कारवाहीको माग समेत गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, रक्षामन्त्रालय र सैनिक मुख्यालयलाई विपक्षी बनाइएको थियो ।सशस्त्र द्वन्दको बेला पक्राउ परेका व्यक्तिलाई भैरवनाथ गणबाट वेपता बनाएको आरोप विभिन्न कुटनीतिक नियोग तथा नेपालस्थित मानअधिकार उच्चायुक्तको कार्यालयले आरोप लगाउँदै आएका थिए ।यसरी मन्त्रिपरिषदबाट सिंहको बढुवा भएपछि सरकारी तथा गैर सरकारी निकायबाट सरकारको कडा आलोचना हुँदै आएको थियो ।

No comments: