News

Jan 3, 2010

मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका परिवारको गुहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका दुइ नेपाली कामदार साजन गुरुङ र हरिबहादुर घलेको जीवनरक्षाका लागि आफन्तले सरकार, कानुन व्यवसायी, मानवअधिकारवादी, सञ्चारकर्मी एवम् आमनागरिकसँग अनुरोध गरेका छन्। मृत्युदण्डको सजाय पाएका गुरुङ र घलेको सजाय माफी गर्न आफन्तले नेपालमा अभियान शुरू गर्न सरोकारवालाहरूसँग अनुरोध गरेका छन्। मानवअधिकारवादी संस्थाहरूको सहयोगमा पीडित परिवारले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जीवनरक्षाको अभियान शुरू गरेको जनाएका छन्।यो अभियानको नेपालमा संयोजन गरिरहेको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक रामेश्वर नेपालले चीन र इन्डोनेसियामा मृत्युदण्डको सजाय सुनाइएका रवि दाहाल र इन्द्र गुरुङको सो सजाय माफी गरिदिएको प्रस• उठाउँदै गुरुङ र घलेको सजायलाई पनि बदर गर्न सकिने सम्भावना रहेको तर्क राख्नुभयो। गुरुङ र घलेलाई मलेसियाको जलान दता उच्च अदालतले २६ नोभेम्बर २००९ मा मृत्युदण्डको फैसला सुनाएको थियो। घटनाका सम्बन्धमा पीडितका आफन्तले दिएको जानकारीअनुसार गुरुङ र घले ३ वर्षो कार्यकाल पूरा गरी घर र्फकने तयारी गरी कम्पनीले उपलब्ध गराएको हवाई टिकटमा नेपाल पर्कने तयारीमा थिए। ३० मे २००३ मा नेपाल र्फकन होटलमा बसिरहेको अवस्थामा मलेसियामा सामान्य चिनजान भएका गणेश तामाङ नामक नेपाली झोलासहित होटलको कोठामा बस्न आएका थिए। प्रहरीले पिछा गरिरहेका तामाङले गुरुङ र घलेको कोठामा झोला छोडी फरार भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। गुरुङ र घलेको मृत्युदण्ड सजायउपर ६ महिनाभित्र कोर्ट अफ अपिलमा पुनरावेदन गर्न सकिने प्रावधान रहेकाले त्यसका लागि पीडितले सरकारसँग जनमत निर्माण गर्न याचना गरेका छन्।

No comments: