News

Jan 10, 2010

संघीयताको बिरोधमा बन्दका कारण राजधानीको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २६ , संघीयताको बिरोधमा आन्दोलन गर्दै आएको राष्ट्रिय जनमोर्चाले आइतबार आव्हान गरेको उपत्यका बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । सडकमा यातायातका साधन चलेको छैन । गन्तव्यमा पुग्न सर्वसाधारण पैदल हिडेका छन् । जनमोर्चा कार्यकर्ताले विभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन् । सोल्टी होटेल क्यासिनो नेपालको कर्मचारी बोकेको बसमा बिहान साढे ५ बजे बाफल क्षेत्रमा जनमोर्चा कार्यकर्ताले आगजनी गरेका छन् । प्रहरीले जनमोर्चाका केही कार्यकर्तालाई पक्राउ गरेको छ । ललितपुरको कुमरीपाटी,डिल्लीबजार र पुतली सडक लगायतको क्षेत्रमा जनमोर्चाले सवारी साधनमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । संघीयताको बिरोधमा जनमोर्चाले यसअघि सेति,महाकाली,कर्णाली,गण्डकी र धौलागिरी लगायतका अंचल बन्द गराइसकेको छ ।

No comments: