लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारत भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह र नेत्री सोनिया गान्धीसँग गोप्य भेटवार्ता गर्नुभएको छ। एक महिनाअघि आफना नातेदारको विवाहसमारोहमा सहभागी हुन जानुभएका पूर्वराजा ज्ञानेन्द्रले शुक्रबार नेत्री गान्धीसँग एक घण्टा लामो छलफल गर्नुभएको बताइएको छ। भेटका अवसरमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा गम्भीर छलफल भएको उच्चस्रोतले जानकारी दियो।भारतीय राष्ट्रिय राजनीतिको केन्द्रविन्दुका रूपमा रहेकी नेत्री गान्धीले नेपालका राजनीतिक दलले पछिल्लो समयमा गरेका गतिविधि र राजनीतिक गतिरोधप्रति चिन्ता व्यक्त गर्नुभएको बताइएको छ।पूर्वराजा ज्ञानेन्द्र र भारतीय नेत्रीबीच मात्र गोप्य रूपमा भएको वार्तामा पूर्वराजाले पछिल्लो राजनीतिक गतिविधिका कारण मुलुक थप संकटमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको ज्ञानेन्द्रनिकट एक सहयोगीले नेपाल समाचारपत्रलाई जानकारी दिए। त्यस्तै शनिबार बिहान पूर्वराजा ज्ञानेन्द्रले भारतीय प्रधानमन्त्री डा. सिंहसँग पनि डेढ घण्टा भेटवार्ता गर्नुभएको बताइएको छ।भेटमा प्रधानमन्त्री सिंहले नेपालको पछिल्लो घटनाक्रमबारेमा भारतले नजिकबाट अध्ययन गरिरहेको जानकारी ज्ञानेन्द्रलाई गराएको निकटतम सहयोगीले जनाएका छन्।पूर्वराजा ज्ञानेन्द्र गत मंसिर २१ गते भारतस्थित आफन्तको विवाहको निम्तो मान्न त्यसतर्फजानुभएको थियो। उहाँले भारतमा रहँदा उदयपुर, उडिसालगायत क्षेत्रको भ्रमण गर्नुका साथै आफनो र पूर्वरानी कोमलको स्वास्थ्योपचार गराउनुभएको थियो। उहाँले यही पुस ४ गते नयाँ दिल्लीमै भारतका प्रमुख विपक्षी नेता लालकृष्ण आड्वाणीसँगसमेत गोप्य भेटघाट गर्नुभएको थाहा भएको छ।
No comments:
Post a Comment