लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४जनवरी,२०१०,सत्तारुढ दल तर्राई मधेस लोकतान्त्रिक पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब दिएका छन् । यद्यपि उक्त पार्टीले यसबारेमा कुनै ठोस निर्णय भने गर्न सकेन । तमलोपाको काठमाडौंमा बुधबार राती सम्पन्न केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले विगतमा उठाएका मधेस मुद्दाहरु ओझेलमा परेको भन्दै सरकारबाट बाहिरिएर अर्को मधेश आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रीहरुले मधेसका मुद्दा अगाडि सार्नुभन्दा पनि व्यक्तिगत लाभका लागि लागेको भन्दै आलोचना भएको थियो । झण्डै ७५ प्रतिशत केन्द्रीय सदस्यहरुले मन्त्रीहरुलाई फिर्ता बोलाउन माग गरेका थिए । तमलोपाले वर्तमान सरकारमा दुई मन्त्रालय पाएको छ । सरकारमा तपलोपाका तर्फाट रामचन्द्र कुशवाहा शिक्षामन्त्री, गोविन्द चौधरी शिक्षा राज्यमन्त्री, गणेश नेपाली खेलकूद मन्त्री र दानबहादुर चौधरी उद्योग राज्यमन्त्री सहभागी रहेका छन् ।
अधिकांश केन्द्रीय सदस्यहरुले मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउन दबाब दिईरहेको तमलोपास्रोतले जनाएको छ । बैठकमा पार्टीका महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको उक्त पार्टीले जनाएको छ । दुई दिनका लागि भनेर बोलाइएको बैठक बुधबार राती अबेर सकिएको थियो । बैठकले यही बैशाखमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ ।

No comments:
Post a Comment