News

Jan 10, 2010

मातृका यादव समूहले पूर्वी पहाडमा सेना प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, पुस २७- नेकपा माओवादी मातृका यादव समूहले जनअभियानको नाममा पूर्वी पहाडमा सेना प्रदर्शन गरेको छ। कम्ब्याट ड्रेसमा खुकुरी भिरेका जनमुक्ति सेना गाउँमा आए पछि अहिले पूर्वी पहाडमा माओवादीको १० बर्षे जनयुद्ध जस्तै डरत्रास फैलिएको छ। धरानमा दुई हप्ता अगाडि भएको भेलाबाट निर्माण गरेको सेनालाई पूर्वी पहाडमा संगठन विस्तारको लागि परिचालन गरेको हो। नेकपा माओबादी धनकुटाका सेक्रेटरी सुदर्शनले दिएको जानकारी अनुसार जनगणतन्त्रको संस्थागत विकासको लागि जनयुद्ध र जनसम्बन्ध अभियान सञ्चालन गरेको बताए। यो अभियानको लागि 'जनमुक्ति सेना'को एक बटालियन परिचालित भएको सेक्रेटरी सुर्दशनले बताए। यो अभियानमा बटालियन कमाण्डरले निर्मलले नेतृत्व गरेको र सम्बधित जिल्ला सेक्रेटरीले संयोजन गर्ने बताईएको छ। सेक्रेटरी सुर्दशनका अनुसार यो अभियानमा एकलाख मान्छेलाई भेट्ने योजना रहेको छ। यो अभियान अर्न्तगत कार्यकर्ता भेटघाट, प्रशिक्षण र राष्ट्रिय राजनीतिको विषयमा जानकारी गराइने सेक्रेटरी सुदशनले बताए।धनकुटा जिल्लाबाट सुरु भएको यो अभियान अहिले भोजपुर जिल्लामा पुगेको छ। यस अभियानमा हिडेका 'सेना'का टोलीले संखुवासभा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लामा विभिन्न कार्यक्रम सम्पन्न गर्ने बताइएको छ।

No comments: