लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकिकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले सरकारले बन्दुकको भाषामात्र बुझे माओवादी संघर्ष गर्न तयार रहेको बताएका छन् । उनले सरकारले विदेशीले सेना उचालेकाले लोकतन्त्र गम्भीर खतरामा परेको समेत दाबी गरे । बारामा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले माओवादी बिद्रोहको तयारीमा रहेकाले त्यसका लागि तयार रहन सबैलाई आग्रह गरे । कांग्रेस समापति गिरिजाप्रसाद कोइरालालाई नोबेल पुरस्कारका लागि सरकारले सिफारिस गरेकोबारे प्रतिक्रियादिदैँ उनले भने- एउटा नेपाली नोबेल जस्तो पुरस्कारका लागि सिफारिस हुनु गर्बको कुरा हो। तर शान्ति सम्झौता सरकार-माओवादीबीचको सवाल भएकाले एक पक्षलाई मात्र यसमा दाबेदार देखाइनु उपयुक्त भएन। यसैबीच एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले दिल्लीसंग वार्ता गर्ने भनेको प्रसंगलाई व्यंग्य गर्दै 'दिल्लीसंग वार्ता गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइ एउटा मुर्खले गर्ने सिल्ली कुरा जसतै भएको टिप्पणी गरे । दलको एक कार्यक्रमका लागि इलाम पुगेका खनालले माओवादीको यस्तै कुराले मुलुकमा सहमति जुट्न नसकेको बताए । उनले देशकै राजनीतिक शक्ति बाहेक कहिँवाट निष्कर्ष ननिस्कने बताउँदै माओवादीलाई सहमितमा आउन आग्रह समेत गरे ।

No comments:
Post a Comment