लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २३ ,बुधबार राती हङकङमा आन्तरिक कार्यक्रममा भाग लिन पुगेका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फिर्ता हुनुभएको छ । आफ्नो घोषित चौथो चरणको आन्दोलनको बारेमा कार्यकर्ताहरूलाई एकदिने प्रशिक्षण दिन हङकङ पुगेका अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि स्वदेश फिर्ता हुनुभएको हो । आन्तरिक कार्यक्रममा भाग लिन पुगेका माओवादी अध्यक्ष प्रचण्डले त्यहाँ रहेका विभिन्न कूटनीतिक नियोगका पदाधिकारीहरूसँग भेटेको माओवादी स्रोतले जनाएको छ । हङकङमा रहँदा चिनियाँ कूटनीतिज्ञसँग अध्यक्ष प्रचण्डले साढे दुई घन्टा वार्ता गरे पनि उहाँले नस्वीकारेको बीबीसी नेपाली सेवाले जनाएको छ ।
No comments:
Post a Comment