लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग
१० जनवरी, हंगकंगको जोर्डनमा शनिवार राति भएको एसिड आक्रमणमा परी पाक काउ कलेजमा अध्ययनरत एकजना नेपाली विद्यार्थी सहित च्यून वानमा बसोबास गर्ने अर्का नेपाली युवक पनि घाइते भएको खबर प्राप्त भएको छ। आफ्नी दिदीको घरबाट फर्कने क्रममा पाक काउ कलेजको फर्म चारमा अध्ययनरत कमला थापा उक्त एसिड आक्रमणमा परी घाइते भएकी हुन्। उनको शरीरका कपडाहरू जल्नुका साथै अनुहार तथा खुट्टामा घाउ भएको बताइएको छ। "आफ्नी दिदीको घरबाट फर्कदै गर्दा माथिबाट फ्यांकिएको एसिडको थोपाहरूले लागेर उसको अनुहार र खुट्टामा घाउ भएको भएको छ।" उनका अंकल हेमराज थापाले हंगकंग नेपाली डट कमलाई भने। थापाका अनुसार उनी याउ मा तेइको कोंग वाह अस्पतालमा उपचार गराइ राति नै घर फर्की सकेकी छन्। उनको अवस्था अहिले सामान्य रहेको छ।
एसिड आक्रमणमा परेका अर्का नेपाली युवकको परिचय थहा हुन सकेको छैन। उनी च्यून वान बासी नेपाली विद्यार्थी भएको बताइएको छ। जानकारी अनुसार उनको अवस्था पनि सामान्य रहेको छ।शनिबार राति करीब ९ बजेतिर हंगकंगको टेम्पल स्ट्रीट (Night Market) मा पर्यटकहरु र स्थानीय बासिन्दाहरुको भिडभाड भइरहने व्यस्त बजारमा एसिड आक्रमण भएको थियो। गल्लीमा खाना खांदै गरेका मानिसहरूमाथि निशाना गरी अचानक भवनमाथिबाट अज्ञात व्यक्तिले एसिडको बोतल फ्यांक्दा विदेशी पर्यटकहरू सहित करीब ३० जना मानिसहरू घाइते भएका थिए। उक्त तेजाब घटनामा परी र्घाइते हुने अन्य मानिसहरुको क्वीन एलीजावेथ अस्पतालमा उपचार पश्चात सबै सामान्य अवस्थामा घर फर्किएका छन्। घाइतेहरु प्राय सबैको टाउको घांटी र आंखामा चोट तथा पीडा सहनु परेको वताएका छन्। घटनामा परेका घाइतेहरुले नजिकै रहेको टेम्पल स्ट्रीट र लाम्किन स्ट्रीटको चोकमा रहेको रेष्टुरेण्टमा गई पानीले तेजाब पखाल्ने प्रयास गरेको र रेष्टुरेण्ट संचालकहरुले पानीले पखाल्न सघाएका थिए। दुई वटा बोतलमा फ्यांकिएको तेजाबबाट ७ बर्षका बालक देखी ५६ बर्ष सम्मका व्यक्तिहरु घाइते बनेका छन्। प्रहरीले लुकेर बसेको एकजना युवकलाई तेजाब आक्रमण गरेको आशंकामा पक्राउ गरेको छ। उक्त तेजाबको बोटल फाल्ने ३० बर्षीय चाइनीज हुन् वा होइनन् भनी अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको बताइएको छ। स्मरण रहोस हंगकंगमा १३ महिनाको अवधिमा यो घटना सहित ५ वटा एकै प्रकृतिका घटनाहरु घटेका छन्। पहिलो घटना डिसेम्बर १३, २००८ मा मंगकक र मे र जुन २००९ मा पनि सोही मंगकक क्षेत्रमा सोही प्रकृतिको घटना घटेको थियो। त्यस पश्चात अक्टोबर २००९ मा शाम सूइ पो र डिसेम्बर २००९ मा कजवॆ बे मा सोही प्रकृतिको घटना घटेको थियो। उक्त घटनाहरुमा १०० भन्दा बढी घाइते भएका छन्।

No comments:
Post a Comment