लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२जनवरी,२०१०,सेना समायोजन विशेष समितिको बैठक आज मंगलबार पनि बस्दैछ । हिजो बस्ने तय गरिएको बैठक माओवादी प्रतिनिधि नगएपछि अन्तिम समयमा स्थगित गरिएको थियो ।आज अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीले पेश गरेको सेना समायोजनको कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको कार्ययोजनामा एक सय १२ दिनभित्र माओवादी लडाकू समायोजन गरिसक्ने उल्लेख छ । सेना समायोजनसम्बन्धी कार्ययोजना परिमार्जन गर्न गठित कार्यदलले भने लडाकूको सुरक्षा निकायमा समायोजन, रेखदेख र पुनर्स्थापनासम्बन्धी प्रधानमन्त्रीले प्रस्तुत गरेको कार्ययोजनामाथि संशोधन प्रस्ताव पेश गरेको छ ।

No comments:
Post a Comment