लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २३ ,ज्ञात समूहले गोली हानी बुधबार राति बाराको गञ्जभवानीपुरमा एकीकृत माओवादीका भोजपुरा राज्य कमिटी सदस्यसहित तीन कार्यकर्ताको हत्या गरेका छन्। घटनामा दुई घाइते छन्।घटनाको विरोधमा एकीकृत माओवादीले बिहीबार बारा, पर्सा र रौतहट जिल्ला बन्दको आह्वान गरेको छ। त्यसैगरी हत्याको विरोधमा एकीकृत माओवादीले आजको व्यवस्थापिका संसदको बैठक बहिस्कार गरेको छ। गन्जभवानीपुरमा रहेको चिम्नी भट्टामा भोज खाएर घर फर्कँदै गरेका उनीहरुमाथि मोटरसाइकलमा आएको अज्ञात समूहले राति पौने १० बजेतिर जथाभावी गोली चलाएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा गन्जभवानीपुर-२ बस्ने भोजपुरा राज्य कमिटी सदस्य रामप्रकास यादव , दारा यादव र गन्जभवानीपुर -९ का अम्बिका महतो रहेको एकीकृत माओवादीका जिल्ला इन्चार्ज लाल किरणले बताए। सोही घटनामा गोली लागेर जिल्ला कमिटी सदस्य बारा क्षेत्र नम्बर २ का सेक्रेटरी कन्हैया यादव र सियाराम कुसवाह घाइते भएका उनले जनाए।टाउको र कोखामा गोली लागि गम्भीर घाइते भएका कन्हैयाको राजधानीमा उपचार हुँदै छ। घटनामा मारिने रामप्रकास यादव घाइते कन्हैयाका दाजु हुन्। त्यस्तै घटनामा मारिएका दारा यादव उनीहरुका भान्जा हुन्। पाखुरामा गोली लागी घाइते भएका सियाराम कुशवाहको भने वीरगन्जमा उपचार हुँदैछ। परिस्थितिलाई विश्लेषण गरेर थप संघर्षका कार्यक्रम अघि सार्ने भोजपोरा राज्य सेक्रेटरी एवं माओवादी केन्द्रीय सदस्य अन्जना बिसंखेले भनिन् -' दोषीलाई कारबाहीको प्रक्रिया सुरु नहुन्जेल बन्द जारी रहन्छ।' भोजपुरा राज्य कमिटीले आजै एक प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दे पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारवाहीके माग गरेको छ। 'मृतकलाई सहिद, घोषणा , पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेलाई उपचारको व्यवस्था तत्काल गर्न विज्ञप्तिमा माग गरिएको छ।घटनापछि बारा सदरमुकाम कलैया बन्द रहेको छ। माओवादी कार्यकर्ताले कलैयाको भानुचोकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन्। त्यस्तै रौतहटको चन्द्रनिगाहपुरमा पनि बन्दको असर परेको छ। माओवादी कार्यकर्ता पूर्व-पश्चिम महेन्द्र राजमार्गमा अवरोध गरेका छन्। यता वीरगन्जमा भने दिउँसो १२ बजेसम्म बन्दको प्रभाव परेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको बाराका प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले बताए। 'रातिदेखि नै विभिन्न ठाउँमा चेकपोष्ट राखी अपराधीको खोजीमा जुटेका छौँ ', पोखरेलले बताए। यसैबीच तराई मुक्ति मोर्चा नामक सशस्त्र समूहले उक्त घटनाको जिम्मेवारी लिएको छ। मोर्चाका बारा,पर्सा,रौतहटका सैन्य कमाण्डर अग्नीले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी उक्त घटनाको जिम्मेवारी लिएका हुन्। मोर्चाका कमाण्डर अग्नी र मारिने समूह एकै गाउँका रहेको स्थानीयले बताएका छन्।

No comments:
Post a Comment