News

May 15, 2010

वाईसीएललाई चन्दा दिने व्यापारीलाई कारवाही गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ मे,२०१०काठमाडौं– एमालेसम्बद्ध युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले वाईसीएललाई चन्दा दिने व्यापारीलाई युथफोर्सले कारवाही गर्ने चेतावनी दिएका छन् ।युवा संघ नेपालको २१ औं स्थापना दिवसका अवसरमा आज काभ्रेको बनेपामा आयोजित रक्तदान कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष बस्नेतले व्यापारीहरुले वाईसीएललाई दिएको चन्दाले उनीहरुले खुकुरी, बन्दुक किनेर सर्वसाधारणलाई दुःख दिने काम गरिरहेको भन्दै यस्तो अवस्थामा सर्वसाधारणको सुरक्षार्थ वाईसीएललाई चन्दा दिने व्यापारीलाई कारवाही गर्ने चेतावनी दिए । उनले माओवादीको अराजकता रोक्न युथफोर्स गठन गरिएको समेत जानकारी दिए ।

No comments: