News

Aug 23, 2010

पाँचौ चरणमा पनि प्रचण्ड र पौडेल दुवै पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसदमा आज भएको निर्वाचनबाट पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेपछि निर्वाचन प्रक्रिया छैटौं चरणमा प्रवेश गरेको छ। दुवै उम्मेदवारले आवश्यक बहुमत अर्थात ३०१ मत ल्याउन नसकेपछि निर्वाचन औपचारिकतामा मात्र सीमित बन्न पुगेको हो ।पाँचौ चरणको निर्वाचनबाट समेत प्रधानमन्त्रीका दुवै उम्मेदवार एकीकृत माओवादीका पुष्पकमल दाहाल र नेपाली काँग्रेसका रामचन्द्र पौडेलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि निर्वाचन प्रक्रिया अर्को चरणमा प्रवेश गरेको हो। प्रधानमन्त्री निर्वाचित हुनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदा संसदमा कायम रहेको ५ सय ९९ सदस्यको बहुमत् अर्थात ३ सय मत ल्याउनुपर्ने हुन्छ।तर, आजको निर्वाचनमा दाहालले २ सय ४६ र पौडेलले १ सय २४ मत मात्र प्राप्त गरे। अपरान्ह चारवजे सुरु भएको बैठकमा पहिले एकीकृत माओवादीका उम्मेदवार दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सभामुख सुवास नेम्वाङले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावमा भएको मतदातमा दाहालको पक्षमा २ सय ४६ मत खस्यो। उहाँको विपक्षमा १ सय ११ मत खस्यो भने मतदानमा २ सय ६ सभासद तटस्थ बसेका थिए।दाहाललाई एकीकृत माओवादीका अतिरिक्त नेपाल मजदुर किसान पार्टी, माले समाजवादी, नेपाल जनता दल र राष्ट्रिय जनमुक्ति पाटीका सभासदले मतदान गरेका थिए। मतदान प्रक्रिया सुरु भइसकेपछि आइपुगेका केही सभासद संसद भवनमा प्रवेश गर्न पाएनन्। दाहालको पक्षमा मतदान हुँदा ५ सय ६३ सांसद मात्र बैठकमा सहभागि भएका थिए।दाहालको प्रस्तावले बहुमत प्राप्त गर्न नसकेपछि नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभामुख नेम्वाङले निर्णयार्थ प्रस्तुत गर्नुभयो। प्रधानमन्त्रीमा पौडेललाई निर्वाचित गरियोस भन्ने प्रस्तावमा पनि बहुमत पुग्न सकेन। पौडेलको पक्षमा १ सय २४ मत खस्यो भने विपक्षमा २ सय ४३ मत खस्यो।निर्वाचन प्रक्रियामा २ सय सभासद तटस्थ बसेका थिए। पौडेलको पक्षमा मतदान हुँदा ५ सय ६७ सभासद मात्र बैठकमा सहभागि भएका थिए। पौडेललाई काग्रेस बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीका सभासदले मतदान गरेका थिए। व्यवस्थापिका संसदमा प्रतिनीधित्व गर्ने तेस्रो ठुलो दल नेकपा एमाले, मधेसवादी दलहरुका साथै साना दलहरुले समेत मतदानमा सहभागि नभई तटस्थ बस्ने निर्णयलाई निरन्तरता दिएका कारण मुलुकले आज पनि नयाँ प्रधानमन्त्री पाउन नसकेको हो।प्रधानमन्त्रीको अर्को निर्वाचन मिति आजै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले तोक्ने बताइएको छ। मुख्य राजनीतिक दलहरुले अर्को निर्वाचनको मिति भदौं २६ गतेलाई प्रस्ताव गरेका छन्। अर्को चरणको निर्वाचनअघि सहमति जुटाउनका लागि निर्वाचन मिति करिव दुई साता पछाडी सार्न मुख्य दलले प्रस्ताव गरेको बताइएको छ।

No comments: