News

Aug 30, 2010

१३ औं साग तयारी समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१३ मा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेल (साग) प्रतियोगिता गर्न सरकारले योजना मस्यौदा तयारी समिति गठन गरेको छ ।समितिले सो प्रतियोगितामा समावेश गर्नुपर्ने खेलहरू, देशमा विद्यमान रहेका भौतिक खेल पूर्वाधारहरूको अवस्था, मर्मतसम्भार, सुधार एवम् नयाँ निर्माण गरिनुपर्ने खेल पूर्वाधारहरू लगायतका विषयमा समेत अध्ययन गरी कार्य सुरु गरेको मितिले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।समितिले मिति २०६७-०५-१० गते पहिलो बैठक गरी कार्य प्रारम्भ गरिसकेको व्यहोरासमेत अनुरोध छ ।युवा तथा खेलकुद महाशाखा, युवा तथा खेलकुद मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित सो समितमा भौतिक योजना तथा निर्माण, पर्यटन तथा नागरिक उड्डयन र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि सदस्य रहेको सो मन्त्रालयले जनाएको छ ।यसैगरी राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभाग, खेलकुद विकास विभाग र निर्माण तथा मर्मत विभागका प्रमुख सदस्य तथा खेलकुद मन्त्रालयका उपसचिव सदस्य र शाखा अधिकृत सदस्य-सचिव रहनुभएको छ ।

No comments: