News

Aug 24, 2010

फेसबुकमा ठाउँ पनि थाहा पाउन सकिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पचार करोड सदस्य रहेको सामाजिक सञ्जाल फेसबुकमा अब आफ्ना साथी रहेको ठाउँ पनि थाहा पाउन सकिने भएको छ।अमेरिकी टेलिभिजन सीएनएनका अनुसार स्थान देखिने सुविधा ‘फेसबुक प्लेसेज’ सुरुवात भएको घोषणा क्यालिफोर्नियास्थित फेसबुक मुख्यालयमा बुधबार गरिएको हो । यसबाट प्रयोगकर्ताले मोबाइल फोनमार्फतसमेत आफ्नो साथी रहेको स्थानबारे थाहा पाउनेछन् । यो सुविधा अमेरिका र उच्चस्तरीय मोबाइल सेटमा उपलव्ध हुनेछ। यसलाई चाँडै अरु देश र साधारण मोबाइल सेटमा उपलव्ध गराइने फेसबुकका अधिकारीले जनाएका छन् ।फेसबुकमा आफ्ना साथीहरु रहेको स्थानबारे थाहा पाउन चाहने व्यक्तिले ‘चेक इन’ लेखिएको बटममा क्लिक गर्नुपर्छ । त्यसपछि फेसबुकले साथी रहेको स्थानबारे थाहा दिनेछ। ‘चेक इन गर्ने वित्तिकै फेसबुकको न्युज फिडमा प्रयोगकर्ता रहेको स्थानबारे उसका साथीहरुलाई जानकारी मिल्नेछ।’ फेसबुक प्लेसेजका उत्पादन प्रबन्धक माइकल स्यारोनले फेसबुक ब्लगमा लेखेका छन् ।यो सुविधाको गलत प्रयोग रोक्न तथा व्यक्तिगत गोपनीयता रक्षा गर्न स्थानको जानकारी आफूले चाहेका साथीलाई मात्र गराउने व्यवस्था गरिएको छ। प्रयोगकर्ताले कुनै पनि बेला ‘चेक इन’ सुविधा फिर्ता गर्न सक्ने पनि स्यारोनले जनाएका छन् ।

No comments: