News

Aug 18, 2010

विश्व बैंकद्वारा नेपाललाई रु १३ अर्ब सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व बैंकले दुईवटा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई १७ करोड ६९ लाख २० हजार अमेरिकी डलर(रु १३ अर्ब १६ करोड ८० लाख) बराबरको रकम सहयोग गर्न सहमत भएको छ ।ती दुईवटा परियोजनामध्ये एउटा नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (दोस्रो चरण) रहेको छ जसमा बैङ्कले छ करोड ९६ लाख ५० हजार डलर ऋण र पाँच करोड ९५ लाख डलर अनुदान सहयोग रहेको छ ।विद्यमान दोस्रो चरण सन् २०१५ को जुलाईमा समाप्त हुने कार्यक्रमले मुख्य गरेर स्वास्थ्य सेवा वितरण र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा सहयोग गर्नेछ ।नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम -दोस्रो चरण)ले गरिब र ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनतालाई प्राथमिक स्वास्थ्य उपचारसम्मको पहुँचको वृद्धिलाई सहयोग पुर्‍याउने छ ।बालबालिका र गर्भवती महिलाको पोषणस्थितिमा सुधार ल्याउन र एचआइभी तथा एड्ससँग सम्बन्धित गतिविधिलाई समेट्न सहयोगसमेत पुर्‍याउने हुँदा प्रभावकारी स्वास्थ्य क्षेत्रको सेवा वितरण र सुदृढीकरणमार्फत नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न सहयोग गर्नेछ ।

No comments: