News

Aug 16, 2010

आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा मानबहादुर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोहा,कतारमा कार्यरत नेपाली आदिवासी/जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षका लागि किरात याक्थुङ चुम्लुङ कतारका मानबहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालय गठन गर्दै सम्पन्न भएको छ ।महासंघ कतारद्धारा आयोजित १६ औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा अगस्त १३ मा ढाका रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको महासंघको तेश्रो महाधिवेशनले सो नेतृत्वको चयन गरेको हो ।महाधिवेशनले प्रथम उपाध्यक्षमा प्रकाश आले मगर, द्वितीय उपाध्यक्षमा सियाराम चौधरी, महासचिवमा विनेश तामाङ्ग, उपमहासचिवमा धिरज राई, कोषाध्यक्षमा गणेश राई, सहकोषाध्यक्षमा विक्रम दराई र विभागीय सचिवहरुमा बुधबल गुरुङ, योगेन्द्र चिडी मगर, बलबहादुर दराई र नरेश राई रहेका छन् ।

No comments: