News

Aug 30, 2010

टेलिकमले वाइफाई इन्टरनेट सेवा दिने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १४,नेपाल टेलिकमले देशका सहरी क्षेत्रका पाँच सय ठाउँमा वाइफाई इन्टरनेट सेवा दिने घोषणा गरेको छ। बढ्ता चहलपहल हुने ठाउँमा वाइफाईको टावर राखेर इन्टरनेट सेवा दिने कार्यक्रम टेलिकमले बनाएको हो। 'एयरपोर्ट, व्यावसायिक केन्द्र, होटलहरु र उपभोक्ताले घरमै बसेर पनि बिनातार वाइफाई इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्,' टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने। नेपालमा अहिले हिमालटेक र ब्रोडलिङ्कले वाइफाई इन्टरनेटको परीक्षण सेवा दिइरहेका छन्। ल्यापटपबाट वाइफाई इन्टरनेट कुनै साधन बिना नै प्रयोग गर्न सकिन्छ भने डेस्कटपबाट प्रयोग गर्न सानो उपकरण प्रयोग गर्नुपर्छ।टेलिकमले आफ्नो सेवा अरु कम्पनीलाई प्रयोग गर्न दिएर 'रेभिन्यू सेयरिङ' नीतिबाट वाइफाई चलाउने तयारी गरेको हो। यसको लागि जसले बढी शुल्क टेलिकमलाई तिर्छ त्यही कम्पनीलाई दिने योजना टेलिकमको छ।
इन्टरनेट प्रयोगकर्ता बढिरहेकाले टेलिकमले नयाँ प्रविधिबाट दिने योजना बनाएको हो। अहिले टेलिकमले डायलअप, एडिएसएल, इभिडिओजस्ता प्रविधिबाट पनि इन्टरनेट बिक्री गरिरहेको छ। वाइफाई छोटो दुरीमा इन्टरनेट चलाउने प्रविधि हो। टेलिकमले चालु आर्थिक वर्षमा सूचना प्रविधि अन्तर्गत एडिएसएलबाटै टेलिभिजन सेवासमेत चलाउने योजना बनाएको छ।

No comments: