News

Aug 16, 2010

एमालेलाई माओवादीको तीन बुँदे पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको आव्हान गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई तीने बुँदे पत्र पठाएका छन् ।सोमबार कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सहमतिका लागि आब्हान गर्दै पत्र पठाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ।पत्रमा सहमतिको वातावरण बने उम्मेदवारी फिर्ता लिन तयार रहेको उल्लेख गरिएको छ। साथै माओवादी ठूलो पार्टी भएकाले उसकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने जिकिर गरिएको छ। उक्त पत्रमा शान्ति र संविधान निर्माण प्रक्रिया सफल पार्न विश्वसनीय वातावरण निर्माण भएमा उम्मेदवारी फिर्ता लिने उल्लेख गरिएको छ ।राष्ट्रिय सहमतिको आधार नामक पत्रमा भनिएको – ‘हाम्रो पार्टीले सहमतीय आधारमा राष्ट्रिय संयुक्त सरकार गठन गर्न, त्यसका लागि सबै राजनीतिक दलसँग छलफल तयार छौं ।’ भनिएको छ।बैठकले सभासद रामकुमारी यादवको शोक प्रस्ताव पारित गरेको छ । स्वर्गीय यादवको उपचारका क्रममा नयाँ दिल्लीमा मृत्यु भएको थियो । साथै सभासद रामकुमार शर्मालाई भारतीय राजदूतावासका कर्मचारीले धम्क्याएको विरोधमा मंगलवार दूतावासमा विरोध ज्ञापन पत्र बुझाउने निर्णयसमेत गरेको छ ।
भारतको नयाँदिल्लीस्थित सफदरजंग अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी माओवादी सभासद रामकुमारी यादवको शव अहिले माओवादी मुख्यालय पेरिसडाँडामा राखिएको छ। आजै पेरिसडाँडामा श्रद्धाञ्जली सभाको आयोजना गगरिनेछ। श्रद्धाञ्जली सभामा सहभागी हुन एकीकृत माओवादी लगायत विभिन्न दलका नेताहरु माओवादी मुख्यालय पेरिस डाँडा पुगेका छन्। शुक्रबार ग्याँस चुहिएर आगलागी हुँदा सभासद यादव गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि उहाँलाई तत्काल वीर अस्पताल लगिएको थियो।वीर अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई एयर एम्बुलेन्समार्फत् गत शनिबार नयाँदिल्लीस्थित सफ्दरजंग अस्पताल लगिएको थियो। शनिबार राति उपचारकै क्रममा उहाँको मृत्यु थियो। यादवको अन्तिम दाहसंस्कार भने यादवकै गृहजिल्ला धनुषामा भदौं एक गते गरिने बुझएको छ। साठ्ठी वर्षीया यादव धनुषा जिल्ला क्षेत्र नम्बर छ बाट निर्वाचित सभासद् हुनुहुन्थ्यो।

No comments: