News

Aug 23, 2010

अनिश्चितकालीन दार्जिलिङ वन्द आव्हान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी , भाद्र ७ - वंगाल सरकारले आफ्ना संस्थापक सदस्य समेत रहेका निकेल तामाङलाई प्रहरी हिरासतै हत्या गरेको भन्दै गोर्खा जनमुक्ति मोर्चाले सोमवारदेखि अनिश्चितकालीन दार्जिलिङ वन्द आव्हान गरेको छ । वन्दको पहिलो दिन दार्जिलिङ तथा आसफसको मिरिक, खर्साङ, कालिम्पोङ, सुकियालगायतका स्थान ठप्प भए । सरकारी कार्यालय विद्यालय र सवारी साधन सवै ठप्प छन् । मोर्चाले तामाङको वास्तविकता सार्वजनिक नभएसम्म वन्द जारी रहने जनाएको छ । मोर्चाका महासचिव रोशन गिरीले तामाङको हत्या वंगाल सरकारले गरेको दावी गर्दै तत्काल तामाङको वास्तविकता सार्वजनिक गर्न माग गरेका छन् । गोर्खा लिगका अध्यक्ष मदन तामाङको हत्या आरोपमा तामाङ गत १६ अगष्टका दिन आफ्नै पुख्यौली थलो दार्जिलिङकै विजनवारीवाट पक्राउ परेका थिए । अदालतले आगामी ३० अगष्टमा पुन हाजिर हुन आउने गरी उनलाई हिरासतमा राख्ने आदेश दिएको थियो । सिलिगुडीस्थित पिन्टल भिलेज भन्ने स्थानमा उनलाई ६ दर्जन वढी सुरक्षाकर्मीको मातहतमा राखेर सीआइडीले अनुसन्धान गर्दै थियो । प्रहरीले शौचालय जाने क्रममा तामाङ फरार भएको भनेपछि दार्जिलिङमा यो खवरले सनसनी मच्चाएको थियो ।

No comments: