News

Aug 17, 2010

भोलि हुने प्रधानमन्त्रीको चुनाव सर्न सक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १,भोलि हुने प्रधान मन्त्रीको चुनाव सर्न सक्ने भएको छ। प्रमुख दलबीच चुनाव सार्ने सहमति भएपछि यो सम्भावना बढेको हो। भोलि नै बस्ने कार्यव्यवस्था समितिको बैठकले चुनाव सार्ने विषयलाई औपचारिकता प्रदान गर्ने बुझिएको छ। भोलिको संसदमा ग्यास चुहिएर आगो लाग्दा मृत्यु भएकी सांसद रामकुमारी यादवको शोक प्रस्ताव पनि पारित गरिने भएको छ। सामान्यतया शोक प्रस्ताव राखिसकेपछि त्यो दिनको संसदले अरु कार्य नगर्ने प्रचलन छ। यही कारण पनि भोलि प्रधान मन्त्रीको चुनाव नहुने सम्भावना बढेको हो।कङ्ग्रेस नेता लक्ष्मण घिमिरले पनि भोलि प्रधान मन्त्रीको चुनाव नहुने सम्भावना व्यक्त गरे। प्रधान मन्त्रीका दुई दावेदारमध्ये दुवैको उम्मेद्वारी फिर्ता गराएर वा अन्य प्रक्रियाबाट सहमति कायम गराउन आज पनि नेताहरुका द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय वार्ता अहिले पनि जारी छ।

No comments: