News

Aug 27, 2010

एमआरपी सम्झौतामा हस्ताक्षर ओबर्थरले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ११,परराष्ट्रमन्त्री सुजाता कोइरालाको अडानका कारण सम्झौतामा ढिलाइ भइरहेको मेसिजन रिडेबल पासपोर्ट (एमआरपी) ठेक्कामा शुक्रबार हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्ट र फ्रान्सेली कम्पनी ओबर्थरका एशिया व्यापार महाशाखा प्रमुख फ्लोरिन प्याकुलिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार ओबर्थरले प्रति पासपोर्ट ३ डलर ५९ सेन्ट्स (लगभग २ सय ७० रुपैंया) मा एमआरपी दिनेछ।मन्त्री कोइरालाले हस्ताक्षर पत्रमा इन्कार गरेपछि प्रधानमन्त्रीले परराष्ट्र अधिकारीलाई सम्झौतामा हस्ताक्षर गर्न निर्देश दिएका थिए।ओबरथरसँगै एमआरपी छाप्न इच्छा देखाउदै ब्रिटेन, इन्डोनेसिया र सिंगापुरका कम्पनीले पनि प्रस्ताव पेस गरेका थिए। परराष्ट्रले प्रतिस्पर्धाको आधारमा फ्रान्सको ओबरथर कम्पनीलाई एमआरपी छपाइको ठेक्का दिएको हो। भारत सरकार नियन्त्रको कम्पनीलाई एमआरपी छाप्न दिने मन्त्रिपरिषदको निर्णय विवादको परेपछि परराष्ट्र मन्त्रालयले ४५ दिने खुल्ला विश्वब्यापी टेन्डर आव्हान गरेर ओबरथरलाई छानेको थियो।गएको अप्रिल एक तारिखदेखि नै एमआरपीमा जानु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ) को समयसीमा भेट्टाउनबाट नेपाल चुकिसकेको अवस्थामा शुक्रवार एमआरपी सम्झौता भएको हो। यसअघि परराष्ट्रले २०११ को जनवरी एकसम्म म्याद बढाउनको निम्ति आइकाओलाई अनुरोध गरेको थियो।

No comments: