News

Aug 23, 2010

मार्सल आर्ट्स ओलम्पिकमा समावेश हुनुपर्ने धारणा ज्याकी चाङको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, भदौ ७, हलिउडका मार्सल आर्ट्स स्टार ज्याकी चाङले चीन बाहिर कुम्फूका रूपमा चिनिएको उसु भविष्यको ओलम्पिकमा आधिकारिक खेलमा समावेश हुनुपर्ने धारणा राखेका छन्। 'मलाई उसु निकै मनपर्छ र म यसलाई भविष्यको ओलम्पिकमा समावेश भएको हेर्न चाहन्छु,' चीनमा रहेका चाङलाई उद्धृत गर्दै सरकारी समाचारपत्र चाइना डेलीले आइतबार लेखेको छ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उसुलाई खेल माने पनि तेक्वान्दो र जुडोजस्ता अन्य एसियाली मार्सल आर्ट्सजस्तै आधिकारिक स्पर्धाका रूपमा समावेश गरेको छैन। तेक्वान्दो र जुडो ओलम्पिकमा नियमित स्पर्धा बनिसकेका छन्। आइओसीले चीनलाई सन् २००८ को बेइजिङ ओलम्पिकको समयमा प्रदर्शन खेलका रूपमा उसु आयोजना गर्न स्वीकृति दिएको थियो। त्यसमा अर्का हलिउड एवम् कुम्फू स्टार जेट लीको पनि उपस्थिति थियो।उसुको विविधतायुक्त लडाईंको तरिका र फरक शैलीका कारण यो ओलम्पिकमा समावेश हुन ढिलाइ भएको चाङले बताए। 'यसले उसुलाई अन्तर्राष्ट्रिय दर्शक समान प्रभाव पार्नबाट रोकेको छ,' उनले भने।आफ्नो मार्सल आर्ट्सलाई थुप्रै हिट चलचित्रमा प्रयोग गरिसकेका चाङले केटाकेटीदेखि नै उसुको अभ्यास गर्दै आएका थिए। आफूले अझै पनि त्यसको अभ्यास गर्ने गरेको उनले बताए।

No comments: