News

Aug 20, 2010

द्वन्द्वमा मारिएकाका सवै परिवारलाई यसै वर्षभित्र राहत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, भदौं ४- माओवादीले संचालन गरेको शसस्त्र संघर्षका बेलामा ज्यान गुमाएका सवै व्यक्तिका परिवारले यो वर्षभित्र राहत रकम पाउने भएका छन्। भरतपुरमा शुक्रबार आयोजित कार्यक्रममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले सो जानकारी दिएका हुन्। माओवादीले वि.स.२०५२ साल फागुनदेखि संचालन गरेको शसस्त्र संघर्षका बेलामा राज्य र माओवादी दुवै पक्षबाट गरेर १६ हजार सात सयले ज्यान गुमाएको तथ्यांक मन्त्रालयमा आएको शर्माले बताए। त्यसमध्ये १३ हजार नौ सय व्यक्तिका परिवारले राहत बापत पाउने पैसा बुझिसकेको उनले जानकारी दिए। शर्माले भने ‘बाँकी तीन हजारका परिवारलाई हामी यसै वर्ष भित्र राहत स्वरुपको रकम दिइसक्ने छौं।' सरकारले शसस्त्र संघर्षमा ज्यानका प्रति व्यक्ति एक लाख रुपैयाँका दरले परिवारलाई राहत दिने गरेको छ। एकल महिला भएको परिवारलाई २५ हजार रुपैयाँ थप दिने गरेको छ। बालबच्चालाई सहयोग गर्ने हकमा भने स्पष्ट नीति नभएको शर्माले बताए। सशस्त्र संघर्षका बेलामा आमाबाबु दुवै गुमाएका बालबच्चाहरु तीन सयको हाराहारीमा फेला परेको शर्माले बताए। त्यस्तालाई पनि सहयोग गर्ने नीति राज्यले बनाउनु पर्ने कार्यक्रमका सहभागिको विचार थियो।

No comments: