News

Aug 26, 2010

प्रचण्ड थैवको हत्यारा सुजित विकलाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १० - एमाले सम्बद्ध युवा संगठन युथ फोर्स, बुटवलका नेता प्रचण्ड थैवको हत्या अभियोगमा फरार रहेका वाइसीएल जिल्ला अध्यक्षा सुजित विकलाई राजधानीमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागका डीएसपी प्रधुम्न कार्कीका अनुसार उनलाई सुन्धाराबाट पक्राउ गरिएको हो । बि‌‌‌.सं. २०६५ चैत १३ गते बुटवलमा मोटरसाइकल सवार रहेका थैवलाई मोटरसाइकलमै आएका सुजितले गोली प्रहार गरेपछि मृत्यु भएको थियो । सुरुमा माओवादीले आरोप अस्वीकार गरेपनि गोली सुजितले नै चलाएको भन्ने पक्का भएपछि राष्ट्रिय मानव अधिकार आयोगमा बुझाउने भन्दै ल्याएपनि बुझाउनु अघि नै फरार भएका थिए । त्यसपछि फरार रहेका सुजित बिहीबार राजधानीको सुन्धारामा पक्राउ परेका हुन् । उनी भेष र परिचय बदलेर बसिरहेको सूचनाका आधारमा प्रहरीले दुई महिनादेखि विशेष खोजी गरिरहेको जनाएको छ । एमालेले भने सुजित माओवादीकै संरक्षणमा रहेको दावी गर्दै आएको थियो ।

No comments: