News

Aug 26, 2010

संलिराप हङकङको बृहत गोलमेच कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/श्याम इङ्नाम
संघीयता, स्वायत्तता, समावेशी अभियानस दिघो शान्ति, समृद्धि, अरुण - सप्तकोशी पूर्व लिम्बुवान १ भन्ने मूल नाराको साथ मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले “नौं जिल्ला सहितको स्वायत्त लिम्बुवानस ऐक्यवद्धताको आव्हान” शिर्षकमा वृहत गोलमेच सम्मेलन कार्यक्रम सम्पन्न गरको छ । २२ अगष्ट आइतवारको दिन याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा परिषदको प्रवास कार्य समितिका अध्यक्ष श्री नबराज काम्बाङ्गको सभापतित्वमा भएको थियो भने परिषदका उपाध्यक्ष विष्णु इङ्नामले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन परिषद हङकङका सचिब श्याम इङ्नामले गर्नु भएको थियो । अतिथीहरु जनजाति महांसंघ हङकङका अध्यक्ष श्री एम. बि. थापा र किरात र्राई यायोख्खा हङकङका अध्यक्ष श्री किशन रार्इवाट अरुण - सप्तकोशी नदी पूर्वको नौं वटा जिल्लाहरु भएको लिम्बुवान प्रति ऐक्यवद्धता सहित र्समर्थन जनाउनु भएको थियो । जनजाति महांसंघका भु.पु अध्यक्ष तथा सनराइज साप्तहिकका सम्पादक श्री भुपेन्द्र चेम्जोङले नौं जिल्ला सहितको लिम्बुवानको लागि लिम्बुवानवादी दलहरुले रणनितिक तयारी गर्नु अब जरुरी भएको वताउनु भयो । त्यस्तै किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष श्री कृष्ण लावतीले भन्नु भयो नेपाल चुम्लुङ र हङकङ चुम्लुङको मुख्य अवधारणा नै ऐतिहासिकताको आधारमा आत्मानिर्णय अधिकार सहितको नौं जिल्ला भएको लिम्बुवान हो र सो नैं कायम हुनुपर्दछ भन्नु भयो, त्यसको लागि चुम्लुङ लिम्बुवान जनजागरणको लागि सहयोग गर्न सधै तत्पर रहने कुरा वताउनु भयो । त्यस्तै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष जे.बि.ओख्राबुले नेपालको समसामयिक राजनिती वारेमा वोल्नु भयो । र नौं जिल्ला सहितको लिम्बुवानको लागि एकात्मकवादीहरुवाट केही चुनौती रहेको कुरा वताउनु भयो । संघीय लिम्बुवान राज्य परिषद हङकङका वरिष्ठ सल्लाहकार श्री प्रदिप कन्दङवाले नौं जिल्ला सहितको लिम्बुवान भएमा मात्र लिम्बुवान पूर्ण रुपले समृद्ध हुने र ऐतिहासिक लिम्बुवानको सम्मान हुने कुरा व्यक्त गर्नुभयो । त्यस्तै लिम्बु बुद्धिजिवी टंक चोङवाङले ऐतिहासिक नौं जिल्ला सहितको लिम्बुवानको लागि ऐतिहासिक प्रमाणहरुको लिखित वुदाहरु कार्यपत्रको रुपमा पेश गर्नु भएको थियो । त्यस्तै संघीय लिम्बुवान राज्य परिषदको भात्रृ संगठन संघीय लिम्बुवान भु.पु. गोर्खा सैनिक तथा प्रहरी परिषद हङकङ अध्यक्ष श्री मन प्रसाद आङ्देम्वेले नौं जिल्ला सहितको लिम्बुवान प्राप्तिको लागि एकिकृत आन्दोलन गर्नु पर्ने र समयको क्रम संगै लिम्बुवान स्वायत्त राज्यको पनि अब पालो आएको हो भन्नु भयो । कार्यक्रमको अन्त्यमा सभापति नबराज काम्बाङ्गले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नौं जिल्ला समेटिएको आत्मानिर्णय अधिकार सहितको लिम्बुवान स्वयात्त राज्य भएमा मात्र ऐतिहासिक लिम्बुवान हुने, ऐतिहासिक भुमीको सम्मान हुने र झापा, मोरङ्ग र सुनसरी लिम्बुवानको लागि औद्योगिक केन्द्र र आर्थिक केन्द्र हुने भएकोले सो भुभाग लिम्बुवानको अभिन्न अंग हो र त्यसलाई जसरी भए पनि लिम्बुवानमा नैं पार्नु पर्दछ भन्नु भयो । कुनै पार्टी संगठनले ऐतिहासिक लिम्बुवानको भूगोललाई टुक्रयाएर वा अपुरो लिम्बुवानलाई स्विकार गरेमा भोली लिम्बुवानको नयां इतिहासमा सो समूह वा पार्टी कालो धब्वाको रुपमा हुने, ऐतिहासिक लिम्बुवानको कलङ्क हुने कुरा व्यक्त गर्नु भयो । र अरुण - सप्तकोशी नदी पूर्वको नौं वटा जिल्ला सहितको लिम्बुवानको लागि त्यहां वसोवास गरेका र थातथलो खुलेका आदिवासीहरुको इलाका स्वायत्तताको ब्यवस्था गरिने र लिम्बुवान सवैको साझा लिम्बुवानको रुपमा बिकास गरिनेछ भन्नु भयो । सो नौं जिल्ला सहितको स्वायत्त लिम्बुवान राज्यको लागि मिशन जेएमएस “झापा, मोरङ्ग, सुनसरी” र मिशन डिएस “धनकुटा र अरुण पूर्व संखुवासभा” लाई दिर्घकालिन रणनितीको रुपमा बिकास गर्न अहिले देखि नै सकृय रुपमा र ससक्त रुपमा लाग्नु पर्ने कुरा वताउनु भयो । नौं जिल्ला सहितको लिम्बुवानको लागि सवै अतिथीहरुवाट ऐक्यबद्धता जाहेर गर्नु भएकोमा धन्यवाद टक्रयाउदै कार्यक्रम सम्पन्न भएको थियो ।

No comments: