News

Aug 28, 2010

भुटानी सरकारविरुद्ध लड्ने घोषणा त्यहाँका दलले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १०,भुटानी सरकारविरुद्ध त्यहाँका राजनीतिक दलले एक भएर लड्ने घोषणा गेका छन् । विश्वका अधिकांश मुलुकमा प्रजातन्त्र बहाली भइसके पनि भुटानमा राजसंस्थाले निरङ्कुश शासन चलाएको आरोप भुटानी दलले लगाएका छन् । उनीहरूले त्यस विरुद्धमा अभियान सञ्चालन गर्न लागेको खुलासा पनि गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले नेपालमा एकलाख बढी भुटानी शरणार्थी रहेकाले आन्दोलनको सुरुवात नेपालबाटै गर्ने बताउनुभयो ।
भुटान नेसनल डेमोक्र्याटिक पार्टीका कार्यकारी प्रमुख डा. डी.एन.एस. ढकालले भुटानमा विद्यार्थी स्कुल जानबाट वञ्चित भएको, मजदुरले स्वतस्फूर्त काम गर्न नपाएको, मानवअधिकारको उल्लङ्घन भएको आरोप लगाउनुभयो । भारतमा भुटानी शरणार्थीको सङ्ख्या ३० हजारको हाराहारीमा भए पनि अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशमा समेत भुटानी शरण लिएर बस्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

No comments: