News

Aug 18, 2010

रोनाल्डोकी पूर्वप्रेमिका ब्रिटिस किशोरी भएको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्रिस्टियानो रोनाल्डोकी पूर्वप्रेमिका नेरैडा गलार्डोले रियल म्याडि्रडका स्टार फुटबलरका नवजात छोराकी आमा १९ वर्षीया ब्रिटिस किशोरी भएको दाबी गरेकी छिन् । स्पेनकी गलार्डोले रोनाल्डोसँग छुट्टिएको झन्डै आठ महिनापछि एक स्पेनी टेलिभिजनलाई दिएको अन्तर्वार्ता सो दाबी गरेकी हुन् । २७ वर्षीया गलार्डोले ती बच्चाकी आमाको नाम नबताए पनि फेसबुकमा उनीसँग सम्पर्क हुने गरेको बताइन् । साथै उनले ती किशोरीलाई गर्भवती भएपछि पनि रोनाल्डोसँग कसरी सम्पर्क भयो भन्ने जिज्ञासा राखेको बताइन् ।
'उनले आफू लन्डनको विद्यार्थी भएको बताइन् । उनी हाल संयुक्त राज्य अमेरिकामा बस्छिन्,' गलार्डोले दाबी गरिन्, 'उनले मसँग शतप्रतिशत सही बोलिन् भनेर दाबी त गर्दिनँ, तर रोनाल्डो पिता बनेको खबर सार्वजनिक हुनुभन्दा केही महिनाअगाडि उनले मसँग सम्पर्क राखेकी थिइन् ।'
साथै रोनाल्डोले एक रात बिताउँदा ती किशोरीलाई गर्भवती बनाएको भन्ने समाचारबाट आफूलाई अचम्म नलागेको किनभने रोनाल्डो कन्डम मन नपराउने व्यक्ति भएको पनि गलार्डोले खुलासा गरिन् ।
साथै, ती किशोरीले रोनाल्डोसँग एक गोप्य सम्झौता गरेको तथा सो सम्झौतामा उनले जीवनमा कहिल्यै रोनाल्डोको छोरोको आमा भएको दाबी गर्न नपाउने सर्त रहेको पनि बताएको दाबी गलार्डोको छ । तर, ती किशोरीले मुख बन्द गर्न कति रकम लिइन् भन्ने जानकारी आफूसँग नरहेको पनि उनले बताइन् ।
साथै उनले हाल रुसी अन्डरवेयर मोडल इरेना साकुसँग डेटिङमा रहेका रोनाल्डो तत्काल समयाभावका कारण बच्चा जन्माउने मनस्थिति नरहेको दाबी पनि गरिन् । पोर्चुगलका अन्तर्राष्ट्रिय फुटबलरलाई बच्चाको अभिभावकत्व सुम्पिन ती किशोरीले एक करोड पाउन्ड लिएको चर्चा भने छ । तर, रोनाल्डोकी प्रवक्ताले गलार्डोको दाबीको प्रतिवाद गरेकी छिन् ।
१७ जुनमा अमेरिकामा जन्मिएको सो बच्चाको नाम क्रिस्टियानो रोनाल्डो जुनियर राखिएको छ । उता, रोनाल्डोसँग डेटिङमा रहेको हल्ला चलाएकी किम कार्डासियानले आफू र फुटबल स्टारबीच कुनै सम्बन्ध नरहेको दाबी गरेकी छिन् । यसै वर्ष रेगी बुससँग सम्बन्ध तोडेपछि मोडल किम रोनाल्डोको सम्पर्कमा आएको चर्चा चलेको थियो ।
रोनाल्डोसँग डेटिङको हल्ला चलाइएको किम पहिलो युवती भने होइनन् । यसअघि पनि मार्चे रामेरो, जेम्मा एट्किन्सन, नेरैडा गलार्डो, पेरिस हिल्टन, नुरिया बर्मुडेज, निकी घाजियान, करिना बुची, करिना फेरो, लुआना बेलेटी, डेनियल एग्युएर, डायना चाभेज, मारिया सारापोभा, इसाबेल फिग्युएर, लुसियाना आब्रेयु, राफाइला फिको, मारिना रोडि्रग्युज, लेटिजिया फेलेपी, इमोगन थोमस तथा बिपासा बसुसँग पनि उनको सम्बन्धको चर्चा चलेको थिए ।

No comments: