News

Aug 18, 2010

प्रधानमन्त्री निर्वाचन भदौ ७ गते दिनको ३ बजे हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २ - पाचौं पटक प्रधानमन्त्री निर्वाचन भदौ ७ गते दिनको ३ बजे हुने भएको छ। कार्यव्यवस्था परामर्श समितिको वैठक सहमति भएपछि सभामुखले चुनावको नयाँ मिति तोकेका हुन्। आजको संसदको वैठकमा रामकुमारी यादवको शोक प्रस्ताव पारित हुनेछन्। चार चरणसम्म पनि कुनै पनि उमेद्‍वारले बहुमत ल्याउन नसकेपछि प्रधानमन्त्री चयन हुन सकेको छैन्। प्रधानमन्त्री पदबाट माधव कुमार नेपालले राजीनामा गरेको डेढ महिना पुग्नै लागेको छ। प्रधानमन्त्री पदका प्रत्यासीहरुमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कङ्ग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेल रहेका छन्। संसदमा तेस्रो ठूलो दल नेकपा एमालेले कुनै पनि पक्षमा मतदान नगर्दा र लोकतान्त्रिक मधेशी मोर्चाले माओवादी नेतृत्वलाई समर्थन नगर्दा प्रधानमन्त्रीको निर्वाचन 'व्यर्थ'मै परिणत हुँदै आएका छन्। वैठकमा माओवादी नेता पोष्टबहादुर वोगटीले सभासद् रामकुमार शर्माले पदबाट राजीनामा दिने जानकारी गराएका थिए। शर्मा भारतीय दूतावासबाट धम्की आएको प्रकरणले चर्चित रहँदै आएका छन्। उनले राजीनामा गर्ने भएपछि उनीमाथि तराई मधेश लोकतान्त्रिक पार्टीले कारबाही गर्न सभामुखसामु बुझाएको लिखित सुचनाको प्रकृया अगाडि बढाउन परेन्। हिजोमात्र शर्मामाथि कारबाहीको लागि तमलोपाका नेता वृजेशकुमार गुप्ताले सुचनासहित सभामुखलाई जानकारी गराएका थिए।वैठकमा नेकपा माले समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी स्थापना भएको जानकारी दिइएको थियो। यी दुई सहित संविधानसभामा प्रतिनिधित्व गर्ने दलको संख्या २७ पुगेको छ।

No comments: