News

Aug 16, 2010

एभरेष्ट ताइ क्वान दो एकेडेमी हङकङको तेस्रो वार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१० अगष्ट १५ आइतबारका दिन हङकङस्थित मङककको फा युन स्पोर्ट सेन्टरमा केसीडी एभरेष्ट ताइक्वान दो एकेडेमी हङकङको तेस्रो वाषिर्कोत्सव भब्यताका साथ सम्पन्न भयो । उक्त अवसरमा कोरीया ताइ क्वान दो चुङ दो क्वान का ८ डन ग्राण्ड मास्टर वो जङ्ग पील र एभरेष्ट ताइ क्वान दो एकेडेमी हङकङका संस्थापक मास्टर रविन कुमार नाल्वोको समुपस्थितीमा एभरेष्ट ताइ क्वान दो एकेडेमी हङकङको मुखपत्र र टी र्सटको विमोचन साथै चौधौं वेल्ट अपग्रेडीङ्गमा वाइट वेल्ट देखि ३ डन सम्मको फ्री स्टायन किकिङ्ग,पुम्से (प्याटन),डेमोस्ट्रेसन र फ्री फाइटीङ्ग ताइक्वान दो खेल पनि गरीएको थियो । सो अपग्रेडीङ्ग खेलमा १०६ जना विद्यार्थीहरु टेष्ट तर्फसहभागी भएका थिए । ३ डन उपाधी हासील गर्नेहरुमा दिल प्रसाद लिम्वु,मीलन रार्इ साथै १ डन उपाधी हासील गर्नेहरुमा सुरेन्द्र लिम्बु,निङवा शक्ति मादेन रहेकाछन् । अन्य बाँकी सम्पूर्ण खेलाडीहरुले कलर वेल्ट लिएका थिए । टेष्ट अपग्रेडीङ्गमा खेल सञ्चालन एभरेष्ट ताइ क्वान दो एकेडेमी हङकङका संस्थापक मास्टर रविन कुमार नाल्वोले गर्नु भएको थियो भने टेष्ट खेलका निरीक्षण ८ डन ग्राण्ड मास्टर वो जङ्ग पीलले गरेका थिए । केसीडी एभरेष्ट ताइक्वान दो एकेडेमी हङकङको तेस्रो वाषिर्कोत्सवमा १४० भन्दा बढी खेलाडीले सहभागीता जनाएका थिए भने खेलाडीका अभिभावक र शुभचिन्तकहरुको पनि उपस्थिती रहेको थियो ।

No comments: