News

Aug 26, 2010

राजसंस्थाको विषयमा माओवादी पनि सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १० - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको विषयमा माओवादी पनि सकारात्मक रहेको दाबी गरेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियता बचाउन राजसंस्थाको आवश्यकताको महसुस गरेको खुलासा गरे । 'राजसंस्थालाई पाखा लगाएपछि मुलुकमा विदेशी चलखेल बढेर गएको कुरा उहाँहरुले पनि मसँगको भेटमा ब्यक्त गर्नु भएको छ,' थापाले बिहीबार रिपोर्टर्स क्लवको साक्षात्कारमा भने । उनले एमाले र कांग्रेस पनि राजसंस्थाका विषयमा लचिलो रहेको दाबी गरे । थापाले राजसंस्थाको पुनर्स्थापनाको विषयमा कसैसँग पनि सम्झौता नगरेको स्पष्ट पारे ।

No comments: