News

Aug 21, 2010

१३ विद्यार्थी सङ्गठनका नेताले त्रिविविरुद्ध मुद्दा हाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ५ ,१३ विद्यार्थी सङ्गठनका नेताहरुले सर्वोच्च अदालतको मानहानि गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीविरुद्ध भोलि मुद्दा दायर गर्ने भएका छन्। उनीहरुले पदाधिकारीले सर्वोच्चको फैसलाको गलत व्याख्या गरेको भन्दै मुद्दा दर्ता गर्न लागेका हुन। सर्वोच्च अदालतको फैसलालाई त्रिविले गलत व्याख्या गरी २०६६ मङ्सिर १८ गतेभन्दा अघि भर्ना भएका विद्यार्थीलाई दोस्रो र तेस्रो वर्षमा पनि नयाँ भर्नाकै नाममा वृद्धि गरिएको शुल्क लाद्‍ने कुचेष्टा गरिएको भन्दै यसलाई अदालतको मानहानि भएको दाबी ती विद्यार्थी सङ्गठनले गरेका छन्।यसैबीच अखिल क्रान्तिकारीको बागबजारस्थित कार्यालयमा बसेको यी विद्यार्थी सङ्गठनको बैठकले यसविरुद्ध जारी स्थानीय सङ्घर्षलाई अझ व्यापक बनाउने निर्णय पनि गरेको छ।

No comments: