News

Aug 25, 2010

मुद्दा उस्तै, अदालतको फैसला फरक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरङ, भदौ ९- पुनरावेदन अदालत विराटनगरले एउटै प्रकृति र उस्तै तथ्य भएका मुद्दाहरूमा भिन्नभिन्न फैसला गरेको छ। अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र रामचन्द्र यादवले गरेको भूमिसम्बन्धी एक मुद्दाको फैसला उस्तै प्रकृतिका अन्य दुई मुद्दाहरूको भन्दा फरक पाइएको हो। न्यायाधीशद्वय शाही र यादवले गत वैशाख ८ गते गरेको फैसलामा प्रचलित विषयमा विद्यमान रहेको कानुनलार्ई बेवास्ता गरेर मुलुकी ऐनलाई आधार मान्दै पीडितको अपिल पनि खारेज गरिएको छ। अदालतको उक्त फैसलापछि पीडितहरूले आफूहरूले न्याय पाउन नसकेको भन्दै सर्वोच्च अदातलमा न्यायका लागि पुनः पुनरावेदन गरेका छन्।मोरङको इन्द्रपुर (साविक हरैचा-९ ) मा रहेको झन्डै १५ बिगाहा बराबरको जग्गामा सोही ठाउँका काशी माझी, फुलेमान कलवार, वस्ती झाँगड, पुरण थारु, तेत्तर झाँगड, फेरिस थारुलगायतको मोही हक कायम रहेको थियो। तर इन्द्रपुरको विराटचोकको विस्तार हुनेक्रमसँगै जग्गाको मोल पनि बढ्नथालेपछि जग्गाधनीहरू शारदा क्षेष्ठ, रामबहादुर क्षेष्ठ, भीमप्रसाद मास्के, रणमान मास्के, टेकराज मास्केलगायतले २०५१ पुस १३ गते भूमिसुधार कार्यालय मोरङमा सबै जमिनको एउटै मुचुल्का बनाउन लगाई मोही लगत कट्टा गराउने निर्णय गराइ मालपोतलाई श्रेस्तामा मोही लगत कट्टा गराउन पत्र लेखाएका थिए।

No comments: