News

Aug 24, 2010

अग्नी एअरको विमान दुर्घटनाग्रस्त/१४ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ८ - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको ९ एन, एएचइ, डि २२८ डोनियर विमान मकवानपुरको शिखरपुर गाविस वडा नं २ वस्तीपुरको हारे स्कूलको चौर नजिक मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ । स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ । काठमाडौंबाट विहान ७ वजेर ४ मिनेट जाँदा सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो । चालक दलका तीन र यात्रु ११ जना विमानमा थिए । विहान साढे ७ बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् । विमान क्षतविक्षत भएकाले कोही पनि जिवितै नरहेको अनुमान गरिएको छ । अग्नी एअर अपरेशन कक्षका अनुसार विहान ७ बजेर ५ मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको थियो । ११ जना यात्रु मध्ये ६ जना विदेशी नागरिक छन् । मृत्यु हुनेमा विमान चालक दलमा क्याप्टेन लक्ष्मणप्रताप शाह, सह–चालक सोफिया सिंह र परिचारिका सहारा शेर्पा छन् । त्यसैगरी यात्रुहरुमा नेपाली नागिरक पी शर्मा, पी भोटे, ए राई, एच रिजाल र पी अमागाईं रहेका छन् भने अमेरिकाका चार नागरिक क्रमशः सुश्री एल कार्डर्सो, सुश्री एच फिन्च, सुश्री के फलोन र सुश्री आई सेखेटस रहेका छन् भने बेलायतका टि जेरेमी र जापानका वाई हायाशी रहेका छन् ।

No comments: