News

Aug 17, 2010

नेपालीको मृत्युपछि मलेसियामा विरोध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १,कम्प्युटर हार्डवेयर कारखानामा कार्यरत नेपाली कामदारको मृत्युको विरोधमा कार्यरत विदेशी कामदारले मलेसियामा विरोध प्रदर्शन गरेका छन्। जोहोर बाहरु जिल्लाको तेबराउमा रहेका कारखानामा कार्यरत नेपालीको उच्च ज्वरोको कारण सोमबार मृत्यु भएपछि समयमै उपचार नगराएको भन्दै विदेशी कामदार प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीले आवास गृहमा तोडफोड गर्नुका साथै सुरक्षा गार्डको क्वाटर भत्काइ दिएका छन्। प्रदर्शनकारीले सिसाका बोतल, पानीका भाँडोप, फलामे क्याबिन, जुत्ता र कुर्सी सडकमा फ्यालेका थिए।
प्रदर्शनमा नेपाल, म्यान्मार, भियतनाम, भारत र बंगलगादेशका कामदार संलग्न रहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको थियो।
प्रदर्शनकारीले आवासगृहको मुलद्वार बन्द गरेको बाहिरका मनिसलाई भित्र प्रवेश गर्न दिएका छैनन्।
प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन प्रशासनले फेडेरल रिजर्भ युनिटलाई बोलाउनु परेको छ।मृतक कामदारको परिवारलाई १ लाख रिङ्गीट क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीले राखेका छन्।
विदेशी कामदारहरुले आवास गृहमा पानी, विद्युत तथा ग्याँसको राम्रो व्यवस्था नगरेका र कोचाकोच गरेर बस्नु परेको गुनासो उनीहरुको छ। जोहोर बहरु(दक्षिण)का जिल्ला प्रहरी प्रहरी जैनुद्दित याकोबले आइतबारबाट शुरु भएको प्रदर्शन सोमबार साँझ ६ बजेबाट समाप्त भएको बताएका छन्।

No comments: