News

Aug 20, 2010

आर्थिक शोषण रोक्न सरकारलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद्को अर्थ र श्रम सम्बन्ध समितिले वैदेशिक रोजगारीमा पठाउने नाममा देशभित्र एजेन्टमार्फत हुने श्रम तथा आर्थिक शोषण रोकी प्रभावकारी उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । एजेन्टमार्फत रोजगारीमा जाने कामदार ठगिएको भन्दै समितिले त्यसलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो । रोजगारीमा गएका कामदारमध्ये अधिकांश कामदारलाई एजेन्टले सरकारले निर्धारण गरेको बाटोभन्दा बाहिरबाट पठाउने गरेका छन् । यसैगरी समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम कक्षको उचित व्यवस्थापन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिमा श्रममन्त्री मोहम्मद आफताब आलमले रोजगारीमा जाने कामदारका लागि परिचयपत्रको व्यवस्था गर्न लागिएको बताए ।

No comments: