News

Aug 20, 2010

नेपालमा लाइसेन्स प्राप्त १८० जना पाइलट बेरोजगार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा लाइसेन्स प्राप्त १८० जना पाइलट बेरोजगार बनेका छन् । सन् १९९२ देखि १९९५ सम्म नेपालमा पाइलटको निक्कै अभाव थियो । त्यसको ठिक अर्थात १५ वर्ष पछि भने पाइलटहरु बेरोजगार बन्न पुगेका हुन् ।नेपालमा पूर्वाधारको विकासमा नैराश्यता, एरलाइन्स र एयरकाफ्र्टको विकास हुन नसकेकाले पाइलटहरु बेरोजगार बनेका हुन् । वायुसेवा सञ्चालक सङ्घ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भन्नुभयो ।नेपाली पाइलटहरु सन् १९९५ ताका छिमेकी मुलुक भारतमा काम गर्दे आएका थिए । उपयुक्त सुविधा पाएकै कारण उनीहरुले भारतमा काम गर्ने गरेका हुन् । तर, सन् २००८ देखि सन् २०१० सम्म आइपुग्दा भारतमा पनि करिव १० हजार पाइलट बेरोजगार भएका कारण नेपालमा पाइलटहरु बेरोजगार बन्न पुगेको जानकारी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।नेपाली विद्यार्थीहरु पाइलट पढ्नका लागि फिलिपिन्स, अमेरीका र दक्षिण अफ्रीमा पाइलटको तालिम लिने गर्छन् । सो तालिम लिनका लागि तालिम अवधिभर शैक्षिक शुल्क मात्र करिव रु ३१ लाख खर्च हुने जानकारी सिम्रीक एरका महाप्रबन्धक योग राज कँडेलले दिनु भयो ।नेपालमा, नेपाल सरकार, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई मात्र हवाइसेवा सञ्चालनको इजाजत प्रमाण दिने अधिकार छ । हाल मन्त्रालयले ८४ कम्पनीलाई विभिन्न किसिमका वायुसेवा सञ्चालनको लागि लाइसेन्स उपलव्ध गराइसकेको छ । यद्यपि लाइसेन्स प्राप्त कम्पनीमध्ये ३५ प्रतिशत मात्र सञ्चालनमा रहेका छन् ।त्यसैगरी आन्तरिक उडानतर्फ लाइसेन्स पाएकामध्ये ९ वटा मात्र विमान सञ्चालनमा छन् । र १८ वटा हेलिकप्टर कम्पनीले अनुमति पाएकोमा हाल ५ वटाले मात्र उडान भर्दै आएका छन् ।

No comments: