News

Aug 23, 2010

अयोग्य लडाकु पुनर्स्थापना कार्यक्रम तिब्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति मन्त्री रकम चेम्जोङले एकीकृत नेकपा माओवादीका अयोग्य लडाकूको पुनर्स्थापनाको कार्यक्रम तीब्र गतिमा अघि बढिरहेको बताउनु भएको छ।शान्ति तथा पुनर्निर्माणमा मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री चेम्जोङले पुनर्स्थापना कार्यक्रमको प्रगति विवरण सार्वजनिक गर्दै बहिर्गमन भएका अयोग्य लडाकूमध्ये करिब पचास प्रतिशत मात्र कार्यक्रममा सहभागी भएको जानकारी दिनुभयो।मन्त्री चेम्जोङले माओवादी शिविरमा रहेका एक हजार ५०० लडाकूले तालिम लिने चाहना राखेको बताउनुभयो । मन्त्री चेम्जोङले तालिममा ८०० लडाकू रहेको र ४० जनाले जागिर पाएको उल्लेख गर्नुभयो ।कार्यक्रममा संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि रोवर्ट पाइपरले अझै पनि अयोग्य लडाकू पुनर्स्थापनामा चुनौति बाँकी नै रहेको बताउनुभयो।माओवादीका करिब चार हजार अयोग्य लडाकूका लागि राष्ट्र संघअन्तर्गत यूएनडीपी र नेपाल सरकारले संयुक्त रुपमा पुनर्स्थापना कार्यक्रम संचालन गर्दै आएका छन्।बैठकमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि रोबर्ट पाइपर, जनमुक्ति सेना नेपाल- सैन्य मुख्यालयका प्रवक्ता चन्द्रप्रकाश खनाल ‘बलदेव’, अनमिन र युनिसेफका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

No comments: