News

Aug 19, 2010

यौन व्यवसायीका लागि परिचयपत्रको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३- नेपालगञ्जका होटल व्यवसायी तथा यौन व्यापारमा संलग्न महिलाहरूले यौन व्यवसायीका लागि परिचयपत्रको माग गरेका छन्। होटेललाई यौन व्यवसायीले 'सम्पर्क स्थल' बनाएको भन्दै प्रहरीले ग्राहकका लागि परिचय पत्रको व्यवस्था गर्न भनेपछि उनीहरूले यस्ता माग गरेका हुन्।उनीहरूको नयाँ मागपछि पाहुनाको परिचय खुलाउनुपर्ने प्रहरी निर्देशन कार्यान्वयनमा आउन सकेको छैन। होटेलमा शारीरिक सम्पर्क राख्ने संख्या बढेपछि प्रहरीले एक सातायता स्थानीय होटलहरूमा छापा मार्दा अप्ठेरो परेको गुनासो व्यवसायीले गर्दै आएका छन्। 'जोडीहरू कुन उद्देश्यका लागि आएका हुन्छन् जानकारी हुँदैन,' होटेल संघ नेपालगन्जका महासचिव जनार्दन पाण्डेले भने, 'महिला र पुरुषसँगै बसेकै कारण पक्राउ गर्ने हो भने यौन व्यवसायीलाई परिचय पत्रको व्यवस्था गर्नुपर्छ।' यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा अघिल्लो साता प्रहरीले नेपालगन्जका विभिन्न होटेलबाट ४७ र कोहलपुरका होटेलबाट १६ जोडीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा थोरै संख्याका महिला मात्र नियमित देह व्यापारमा लाग्नेहरू थिए। पक्राउ परेका केही महिला स्थानीय स्तरमा प्रतिष्ठित परिवारका सदस्यसमेत थिए।

No comments: