News

Aug 30, 2010

हङकङमा मिस्टर मिस ट्यालेन्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १४ - सुन्दरी प्रतियोगिता हङकङेली नेपालीहरुका लागि नौलो थिएन । तरपनि याउ मा तेईस्थित हेनरी जी लियोङ हलमा आइतबार साँझ बेग्लै रौनक थियो । विगत पाँच बर्षदेखि नेपाली सुन्दरीहरुका बीचमा मात्र हुँदै आएको मिस ट्यालेन्ट हन्टको भिडन्तमा यसपटक चिनिया, भारतीय र फिलिपिनो प्रतिस्पर्धीहरु मात्र सहभागी थिएनन् । मिस्टर ट्यालेन्टका लागि पुरुष प्रतिस्पर्धीहरु पनि एकै स्टेजमा भिड्दै थिए । आ-आफ्ना देशका प्रतिस्पर्धीहरुलाई हौसला दिन हलमा उपस्थित दर्शकहरु उत्कृष्ट रोल मोडल छनौटको नतिजा जान्न निकै उत्सुक देखिन्थे । सात बजे कार्यक्रम सुरु हुने भनिएपनि करिब आठबजे मात्र मिस्टर मिस ट्यालेन्ट हन्टका आठ-आठ जना प्रतिस्पर्धीहरु संगीतको धुनसँगै विरालो चालमा स्टेजमा उत्रिए । सुरुदेखि दर्शकमाझ कानेखुशी चल्दै थियो, 'को होलान् पहिलो मिस्टर र मिस ट्यालेन्ट ?' अन्ततः परिचय चरणबाटै अधिकांश दर्शकका आखँामा परेका माल्भिन एडि्रन जुनिजा -१७) मिस्टर ट्यालेन्ट र मेलिजा एने भिल्लामिल (१८) मिस ट्यालेन्ट दरिए । मेलिजाले शिर्ष ताज सगै मिस लिडरसिपको उपाधि पनि जितिन् । हङकङका स्थायीबासी दुबै फिलिपिन्सका हुन् ।हलमा नेपाली प्रतिस्पर्धीहरुलाई हौस्याउन सयौं स्वदेशी दर्शकहरुको ओइरो थियो । तर नजिता नेपाली दर्शकहरुका अनुकुल भने रहेन् । प्रतियोगितामा भैरहवाका १९ बषर्ीय रजत आले मगर मिस्टर ट्यालेन्ट तर्फ फष्ट रनर्स अप र पोखराकी २० बषर्ीय गीता थापा मगर मिस ट्यालेन्ट तर्फ सेकेण्ड रनर्स अपमै सिमित रहिन् । भारतीय मन्दिप कौर मिस ट्यालेन्ट समूहकी फष्ट रनर्स अप र अनिकित मेहता मिस्टर ट्यालेन्ट तर्फ सेकेण्ड रनर्स अप भए । गीताले मिस अडियन्स च्वाइस र मन्दिपले पर्सनालिटीको उपाधि पनि हात पारे । अधिकांश सुन्दरी प्रतियोगिताको अन्तिम चरणमा सबै प्रतियोगिलाई एउटै लिखित प्रश्नोत्तर गरिने प्रचलन विपरित यहाँ प्रत्येकलाई फरक मौखिक प्रश्न सोधियो ।प्रतियोगिता अघि मिस ट्यालेन्टका लागि भिडे्की चिनिया प्रतिस्पर्धी केल्सी चु युन चिलाई ताजको मुख्य दाबेदार मानिएका भएपनि त्यसो भएन् । उत्कृष्ट तीनबाटै बाहिरिएकी उनी रित्तो हात भने फर्किनन् । जिरो साइज फिगरकी उनले 'बेष्ट फिगर' को उपाधि जितिन् । परिहन चरणमा नेपाली परम्परागत पोशाकमा सजिएकी यिनले प्रतियोगिता भरि नेपाली दर्शकको वाहवाही बटुलिन् । 'मलाई साथीभाईहरुले नेपाली पोशाक निकै सुहाएको प्रतिक्रिया दिए,' कार्यक्रमपछि कुराकानीमा उनले निकै हौँसिदै भनिन्, 'अब अन्यबेला पनि नेपाली पहिरनमा सजिने सोचेकी छु ।' मिस्टर र मिस ट्यालेन्टको शीर्ष तीन उपाधि विजेताले ताजसहित क्रमशः पाँच हजार, तीन हजार र दुई हजार हङकङ डलर पाए । बेष्ट स्कीन स्वर्णनिमा गुरुङ, मिस क्याटवाक सर्मी मार्कोस (फिलिपिन्स), मिस फोटोजेनिक र डे्रसको उपाधि बुनु लिम्बूले हात पारिन् । पुरुष तर्फ पर्सनालिटी सागर लिम्बू, फोटोजेनिक सफल पाइजा र अडियन्स च्वाइस सुदिप लिम्बू भए । फिलिपिनो उद्घोषक जेम्स र बसन्ती पुनको आर्कषक उद्घोषणले पनि प्रतियोगिता अवधिभर दर्शकहरुलाई बाधी रह्यो । प्रतियोगिताका निणायक मण्डलमा स्थानीय चिनिया लगायत हङकङमा बसोबास गर्ने नेपाली र बेलायती विभिन्न पेशाकर्मी थिए ।

No comments: